Logo

मदन भण्डारी विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन, यस्तो हुनेछ ७ सदस्यीय कार्यदल

मदन भण्डारी विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन, यस्तो हुनेछ ७ सदस्यीय कार्यदल



काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वधार निर्माण विकास समिति (गठन) आदेश २०७५ जारी गरेको छ ।

सरकारले उक्त विश्वविद्यालय स्थापना गर्न मन्त्रिपरिषद्ले निर्णय गरी अध्यक्षको नियुक्ति गर्ने छन । सदस्यमा अर्थमन्त्रालयको सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहसचिव, विज्ञान तथा प्रविधि विषयमा प्राध्यापकको अनुभव गरेका एक महिला सहित २ जना रहने छ ।

त्यस्तै सामाजिक ब्यवस्थापन वा कानुन विषयका प्राध्यापक १ जना, निजी क्षेत्रमा विज्ञान तथा प्रविधिसँग सम्वन्धित वा ब्यवसायमा सम्लग्न १ जना रहने गरी ७ जनाको समिति रहने छ ।
समितिले विश्वविद्यालयको भौतिक, संस्थागत तथा कानुनी संरचना तयार गर्नु पर्ने छ ।

साथै विश्वविद्यालय स्थापना गर्न सम्भाब्यता अध्ययन, संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन समेत तयार गर्नु पर्ने विकास समिति आदेश २०७५ मा उल्लेख छ । त्यस्तै भौतिक संरचना निर्माणका लागि दफा १६ को अधिनमा रहि आवश्यक जग्गा खरिद गर्ने वा प्राप्त गर्न सरकारसँग समन्वय गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL