Logo

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा नरेश शाक्य नियुक्त, निर्देशकमा कुशुम लामा

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा नरेश शाक्य नियुक्त, निर्देशकमा कुशुम लामा



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा नरेश शाक्य नियुक्त भएका छन । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा हालै नियुक्त भएका उनलाई मंगलबार एनसीएचएलको बोर्ड बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

यस्तै बोर्ड बैठकले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा समेत नवनियुक्त गरेको छ । एनसीएचएलको संचालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL