Logo

राष्ट्रिय वाणिज्य बैंकको एटिएममार्फत रकम निकाल्ने पाण्डे पक्राउ, ६ लाख ८६ हजार नगद बरामद

राष्ट्रिय वाणिज्य बैंकको एटिएममार्फत रकम निकाल्ने पाण्डे पक्राउ, ६ लाख ८६ हजार नगद बरामद



काठमाडौं । फ्राउड प्लास्टिक चुम्बकीय कार्डलगायत बिभिन्न कार्डको प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने राजु कुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

पाण्डेले विभिन्न कार्डहरु प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको काठमाण्डौ उपत्यका स्थितका बिभिन्न स्थानमा राखिएको एटिएम बुथबाट गैह्रकानूनी रुपमा चुम्बकीय कार्डमार्फत २० लाख रुपैयाँ भन्दा बढी रकम निकालेको प्रहरीले जानकारी दिएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजका अनुसार उनलाई बिहीबार पक्राउ गरी थप आवश्यक अनुसन्धान भैरहेको छ ।

पाण्डेको साथबाट प्रहरीले गोल्डेन कलरको सादा कार्ड, ई ५० फर यु असोडा लेखिएको कार्ड, प्रभु बैंकको सिसिर भण्डारीको नाममा रहेको भिषा कार्ड, स्टेड बैकको मास्टर कार्ड, नविल बैकको दिपावली पाण्डेको नाममा रहेको भिषा कार्ड लगायतका सामन बरामद गरेको छ ।

साथै प्रहरीले रातो कलरको नोकिया कम्पनीको मोबाईल, नगद ६ लाख ८६ हजार रुपैयाँ, बा ७३ प ७६८५ रातो कलर सीबी युनिक्रोन मोटरसाईकल, ल्यापटप २ ओटा बरामद गरेको छ ।

प्रहरी अनुसन्धानबाट पाण्डेसँगै रोमनियाँ नागरिकको समेत सहभागितामा बैंकबाट रकम निकालेको खुल्न आएको छ भने विदेशी नागरिकले हाल नेपाल छोडेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ९५ लाख ६२ हजार ८५० रुपैयाँ, अमेरिकी डलर ७५ हजार २ सय २५, युरो ७३ हजार ८ सय ७५, ईन्डोनेसियन रुपी ३३ हजार, फिलिपिन करेन्सी ४७० र विभिन्न एटिमकार्ड १ हजार ३ सय ६९ थान बरामद गरिसकेको छ ।

प्रहरीले हाल सम्ममा ६ नेपाली, ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन नागरिक गरी २४ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL