Logo

चालु आर्थिक बर्षमा समातियो २२२ किलो अवैध सुन, हुण्डी कारोबारमा संलग्न १०४ जना विरुद्ध मुद्दा दायर

चालु आर्थिक बर्षमा समातियो २२२ किलो अवैध सुन, हुण्डी कारोबारमा संलग्न १०४ जना विरुद्ध मुद्दा दायर



काठमाडौं । सरकारले चालू आर्थिक बर्षको जेठ मसान्तसम्म अवैधानिक तरिकाले भित्रिएको २ सय २२ किलोग्राम सुन बरामद गरेको छ । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म कर छली गर्दै विभिन्न नाकाबाट भित्रिएको २ सय २२ किलो सुन बरामद गरिएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार जेठ मसान्तसम्म राजस्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरिएको छ । विभागले राजस्व चुहावटको कसुरमा २ सय ३८ जना उपर विगो दावी तथा जरिवाना वापतको १८ अर्ब ३२ करोड रुपैयाँ माग दावी गरेको जानकारी दिएको छ ।

यस्तै राजस्व चुहावटको मुद्दामा मुछिएका कसुरदारलाई विभागले ३ बर्षसम्मको कैद माग गरिएको समेत जानकारी दिएको छ । यस्तै विभागले हुण्डी कारोबारमा आवद्ध १ सय ४ जनालाई विदेशी विनिमय अपचलन तथा हुण्डीको कसुरमा मुद्धा दायर गरेको छ । हुण्डीमा आवद्ध उनीहरुलाई ५ अर्ब ११ करोड रुपैयाँ विगो कायम गरी विगोको तेब्बरसम्म जरिवाना लिने समेत विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL