काठमाडौं । महानगरिय प्रहरी परिसर टेकुले १ महिनाको अवधिमा ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गर्दै प्रहरीले काठमाडौंमा १ महिनामा समातिएका ८२ जना पाकेटमारलाई सार्वजनिक गरेको हो ।
सादा पोशाकमा खटिएका प्रहरीहरुले जेठ महिनाभरिमा बस, मिनिबस तथा माईक्रोमा यात्रुको पाकेट मार्दै गरेको अवस्थामा उक्त पाकेटमारहरुलाई समातिएको हो । पाकेटमारको विगविगी बढेको भन्ने गुनासो आएपछि सोही अनुसार सादा पोशाकका प्रहरीले यातायात व्यवसायीहरुको सहकार्यमा पाकेटमार समात्ने अभियान चलाएको हो ।
पाकेटमारहरुले विभिन्न सवारीसाधनका यात्रुको नगद, गरगहना, पर्स, मोबाईल लगायतका सामग्री चोर्ने गरेको पाईएको काठमाडौं प्रहरीका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार कानुन अनुसार उक्त पाकेटमारहरुलाई सजाय दिईनेछ ।