Logo

गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता, आन्दोलन गर्नेलाई नछाडिने

गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता, आन्दोलन गर्नेलाई नछाडिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन ।

८ दिने युरोप भ्रमणबाट फर्केलगतै प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई सच्याउने बताएका हुन । साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेर वा नजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउने उनको भनाइ छ ।

उनले भने, ‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो ।’

युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रम ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले जनताको मन दुखाउन नचाहेको बताएका हुन ।

‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ ।’

उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न समेत आग्रह गरेका छन । साथै गुठी विधेयकको नाममा अनावश्कय विरोध र आन्दोलन गर्नेहरुलाई कुनै छुट नलिईने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्