Logo

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक टण्डनलाई मातृशोक, आजै अन्त्येष्टि

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक टण्डनलाई मातृशोक, आजै अन्त्येष्टि



काठमाडौं । सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक पेरेको छ । उनकी आमा लाल माया टण्डनको शुक्रबार राती उपचारको क्रममा बिर अस्पतालमा निधन भएको हो ।

८४ वर्षिय लाममायालाई फोक्सोमा क्यान्सर देखिएपछि विभिन्न हस्पिटलमा उपचार गरिएको थियो । उनका तीन छोरा र चार छोरी छन । मृतक शरीरलाई आजै पशुपति आर्यघाटमा बिहान अन्त्येष्टि गरिने भएको छ ।

चन्द्र टण्डन सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशकका साथै विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक, सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL