Logo

फिफा वरियतामा नेपाल ४ स्थान तल झर्याे, दक्षिण एशियामा तेस्रो

फिफा वरियतामा नेपाल ४ स्थान तल झर्याे, दक्षिण एशियामा तेस्रो



काठमाडौं । फिफा वरियतामा नेपाल ४ स्थान तल झरेको छ । अघिल्लो बर्ष विश्वकप महासंघ फिफाको १ सय ६१ औं स्थानमा रहेको नेपाल यो बर्ष भने ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको हो ।

नेपालले यसै महिना मलेसिया र चाइनिज ताइपेइसँग २ वटा मैत्रिपूर्ण खेल खेलेको थियो जसमा एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । जसको असर नयाँ वरियतामा देखिएको छ ।
नयाँ वरीयता अनुसार नेपाल दक्षिण एसियाली मुलुकको सूचीमा भने तेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा माथि भारत १ सय १ र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेका छन । नेपालभन्दा तल बंगलादेश १ सय ८३ औंँ, भुटान १ सय ८६ औंँ, श्रीलंका २ सय १ औँ र पाकिस्तान २ सय ३ औंँ स्थानमा रहेका छन् । विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंङ्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL