Logo

रहेनन् पूर्व शिक्षामन्त्री पौडेल, हृदयाघातका कारण निधन

रहेनन् पूर्व शिक्षामन्त्री पौडेल, हृदयाघातका कारण निधन



काठमाडौं । पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको हृदयाघातका कारण आज बिहान निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उनको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो ।

संविधानसभाको सदस्य समेत रहेका पौडेलको अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहेका थिए । उनी लेखक एवं पूर्वपत्रकार समेत हुन । उनको श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य रहेकी छिन भने उनका दुई छोरी छन् ।

पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिएका छन । उनको शव बघौडा अस्पतालमा रहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL