Logo

पुनर्निर्माणमा सहयोग गर्न बेलायत तयार,विपदमा साथ दिने भारतको प्रतिवद्धता

पुनर्निर्माणमा सहयोग गर्न बेलायत तयार,विपदमा साथ दिने भारतको प्रतिवद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ जेठ,काठमाडौं । बेलायत सरकारले भुकम्प पछीको नेपाललाई सहयोग गर्न तयार रहेको बताएको छ । मंगलवार अर्थमन्त्री डा रामशरण महत र बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री जस्टिन ग्रिनिङबीच अर्थमन्त्रालयमा भएको भेटमा उनले यस्तो बताएका  हुन् ।

ग्रिनिङले बेलायतले नेपाललाई दिदै आएको सहयोग राशीमा ठूलो बृद्धि गरिररहेको समेत जानकारी दिए ।  ‘यो विशेष परिस्थितिमा बेलायत पूर्वाधारहरुको निर्माणमा सहयोग गर्न तयार छ ’ उनले भने ।

ग्रिनिङले नेपाललाई चाहिने आवश्यक रकम र कार्यक्रम महत्वपूर्ण पक्ष भएकोले यसबारे स्पष्ट खाका आउनुपर्नेमा जोड दिए । साथै सहयोग जुटाउन अन्तर्राष्ट्रिय राजनीतिक सहभागिता उच्चस्तरको हुनुपर्ने बताए ।

सो अवसरमा अर्थमन्त्री डा महतले भूकम्पले नेपालको निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय तथा स्मारकहरुमा ठूलो क्षति पु¥याएको र यसको पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेको बताए ।
उनले भूकम्पले दैनिक आर्थिक गतिविधिहरुका अतिरिक्त रियलस्टेट, पर्यटन र जलविद्युत आयोजनाहरुमा धक्का पुगेको जानकारी दिए ।

nepal-india

साथै नेपालले भूकम्पपछि गरेको कामको विवरण दिदै उहाँले उद्दार र राहत वितरणको चरण पूरा हुँदै गरेको र अव सरकार पुनर्निर्माणमा केन्द्रित हुने जानकारी दिए ।  पुनर्निर्माणका लागि ५ सय अर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।
उनले क्षतिको विस्तृत विवरण र पुनर्निर्माणका लागि लाग्ने वास्तविक अध्ययन  असारमा हुने सहायता सम्मेलन अघि नै आइसक्ने स्पष्ट पारे ।

यसबीच अर्थमन्त्री डा महतसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा प्रमोद मिश्राले अर्थमन्त्रालयमा भेटघाट गरे । भेटघाटका अवसरमा मिश्राले भारत सरकार नेपालको यस विपद्को बेलामा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
साथै यस्तो विपद्को अवस्थामा स्रोत जुटाउन जति कठिन छ, त्यति नै बढी खर्च गर्न कठिन भएको अनुभव सुनाए ।

सो अवसरमा सचिव सुमनप्रसाद शर्मा तथा मन्त्रालयका अधिकारीहरु र नेपालका लागि भारतका राजदूत रञ्जित रे तथा दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL