Logo

प्रहरीले आफ्ना कर्मचारीलाई राहत दिने, मृतकका परिवारलाई रु.३ लाख

प्रहरीले आफ्ना कर्मचारीलाई राहत दिने, मृतकका परिवारलाई रु.३ लाख


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ जेठ,काठमाडौं । नेपाल प्रहरीले गत बैशाख १२ गते आएको बिनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट पीडित वहालवाला तथा सेवानिवृत्त प्रहरी कर्मचारीहरुलाई राहत सहयोग गर्ने भएको छ । प्रहरीले नेपाल प्रहरीले आफ्नो कल्याण कोषबाट
प्रहरीले भुकम्पबाट  मृत्यु भएका वहालवाला प्रहरी कर्मचारीहरुका आश्रित परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट ३ लाख रुपैयाँ राहत सहयोग गर्ने जानकारी दिएको छ ।

यस्तै  आश्रित परिवार (श्रीमान, श्रीमती, बाबु, आमा, छोरा, छोरी) को मृत्यु भएकोमा काजक्रिया खर्चबापत प्रति परिवार२५ हजार रुपैयाँ राहत सहयोग प्रदान गरिने बताइएको छ । प्रहरीका अनुसार भूकम्पबाट सेवानिबृत्त प्रहरी कर्मचारीको मृत्यु भएकोमा निजको आश्रित परिवारलाई १ लाख रुपैयाँ राहत सहयोग प्रदान गरिने छ ।

  त्यस्तै पूर्णरुपमा घर क्षती भई घरवारविहिन भएका वहालवाला तथा सेवानिबृत्त प्रहरी कर्मचारीहरुलाई तत्काल राहत उपलव्ध गराउन क्षतिको मूल्याङ्कन गरी मापदण्ड शर्त तथा प्रक्रिया निर्धारण गरी पूर्ण क्षति भएका प्रतिघरको लागि १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने भएको छ ।

पूर्णरुपमा घर क्षति भएका प्रहरी कर्मचारीहरुलाई घर निर्माणमा  सहयोगको लागि क्षतिको मूल्याङ्कन गरी मापदण्ड, शर्त तथा प्रक्रिया निर्धारण गरी २ बर्षभित्र किस्तावन्दीमा तलवबाट रकम कट्टा गरी बुझाउने गरी प्रहरी  कोषबाट किस्तामा अधिकतम १ लाख रुपैयाँसम्म विशेष निर्ब्याजी तलव सापटी प्रदान गरिने छ ।

आँशीकरुपमा घर क्षति वहालवाला प्रहरी कर्मचारीलाई घर मर्मत सहयोगको लागि क्षतिको एकिन गरी निर्धारण गरिएको मापदण्ड शर्त तथा प्रक्रिया पुरा गरी घर मर्मतको लागि २ बर्ष्भित्रमा तलवबाट कट्टा गरी बुझाउने गरी प्रहरी कल्याण कोषबाट कार्य प्रगतिको आधारमा किस्तामा ५० हजार रुपैयाँसम्मको विशेष निर्ब्याजी तलव सापटी प्रदान गरिने छ ।

अभिभावक गुमाउने तथा गम्भीर घाइते भई पूर्णरुपमा असक्त भएका  प्रहरी कर्मचारीका छोराछोरीहरुलाई उच्च माध्यामिक तहसम्म अध्ययनको लागि ‘बिनाशकारी भूकम्प पीडित प्रहरी छात्रवृत्ति कोष ’स्थापना गरी पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL