Logo

भुकम्प पिडीतलाई फ्रेन्च गुर्खाको सहयोग, स्वास्थ्य जाँचलाई प्राथमिकता दिइने

भुकम्प पिडीतलाई फ्रेन्च गुर्खाको सहयोग, स्वास्थ्य जाँचलाई प्राथमिकता दिइने


रामराजा श्रेष्ठ
162
Shares

बिजखबर संबाददाता

६ जेठ,काठमाडौं । फ्रान्सेली सेनामा कार्यरत नेपाली युवा (फ्रेञ्च गुर्खा)हरुले नगरकोट तथा धादिङमा राहत वितरण गरेका छन् । फ्रेञ्च गुर्खाहरुको समूहले यसअघि नुवाकोटको खड्गभञ्ज्याङ गाविसको पिपलडाँडाका झण्डै ७० परिवारलाई पाल र खाद्यान्न वितरण गरेका थिए ।

दोश्रो चरण अन्तर्गत नगरकोटको स्याउलीबजारका ४० र  धादिङमा १ सय ३५ परिवारलाई राहत वितरण गरेका हुन् । बैशाख १२ गतेको भुकम्प तथा त्यसपछीका पराकम्पमा परि मा घरवास गुमाएकाहरुलाई त्रिपाल, चामल, नुन सावुनलगायत सामग्री वितरण गरेका हुन् ।

french-gorkhas

पिडीत परिवारलाई प्रतिपरिवार त्रिपाल, ३० किलो चामल, २ लिटर खाने तेल, ४ किलो आलु, २ किलो नुन, १ किलो मस्यौरा, २ किलो दाल, नुहाउने र लुगा धुने साबुन १/१ थान तथा बालबालिकाहरुलाई चाउचाउ वितरण गरेका थिए ।

फ्रेञ्च गुर्खामा कार्यरत नेपालीहरुसँग प्रतिव्यक्ति १ सय युरोका दरले  रकम उठाएर युवाहरु राहत बाँड्न नेपाल आएका हुन् । ‘अहिलेसम्म कुनै सहयोग नपुगेको ठाउँमा राहत लैजाने सोचेका हौं  टोलीका एक सदस्य ललित शर्माले भने ‘प्राय ठाउँमा राहत पुगिसकेकोले अव स्वास्थय जाँच तथा औषधी वितरणको योजना छ ।’

फ्रान्सेली सेनामा कार्यरत नेपालीहरुको समूहले झण्डै २० लाख  रुपैयाँ संकलन गरका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
MBL