Logo

उपभोक्ता ठग्ने १० व्यापारी पक्राउ, कालाबजारी मुद्दा चलाइदै

उपभोक्ता ठग्ने १० व्यापारी पक्राउ, कालाबजारी मुद्दा चलाइदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
४ जेठ,काठमाडौं । भुकम्पको विपत्तीमा उपभोक्ता ठग्ने १० जना व्यापारीमाथि कालोबजारी मुद्दा चलाइएको छ । सामानको मूल्य निर्धारित भन्दा बढी लिइ उपभोक्तालाइ ठगेको भन्दै त्यस्ता व्यापारी विरुद्ध मुद्दा चलाइएको हो ।  आफूखुशी बजार मूल्य कायम गरेर उपभोक्ता ठग्ने व्यापारीमाथि मुद्दा चलाइएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सात जना व्यापारीमाथि पनि केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ । दुईजनामाथि कालोबजारी मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाकाका अनुसार औषधि, त्रिपाल तथा अन्य दैनिक उपभोग्य सामग्री आफूखुशी मूल्य कायम गरेर उपभोक्तासँग बढी मुल्य असुल गरिएको थियो ।
जसमध्ये गंगालाल अस्पताल अगाडि औषधि पसल सञ्चालन गरेका ओम शिवम् फार्मेसीका सञ्चालक सुमन महर्जन, टिचिङ अस्पताल अगाडि भेरी राप्ती फार्मेसी सञ्चालन गर्ने सरिता जिसीमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ।

त्यसैगरी फेन्सी पसल व्यापारी उद्धवप्रसाद खतिवडा, रमा खत्री, बुलु गुप्ता, सन्तोष बास्तोला, किरण बास्तोला, सुमन अधिकारी, हरिराम मालाकार, फेम्सी पसल गर्ने उद्धवप्रसाद खतिवडा, र अच्युतप्रसाद आचार्यमाथि कालोबजारी मुद्दा चलाइएको छ।

प्रहरीका अनुसार विपद्का समयमा त्रिपालको निर्धा्रित मूल्यभन्दा बढी मूल्य असुल गर्दागर्दै शनिबार पक्राउ परेका थप दुई व्यापारीमाथि पनि कालोबजारी मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेको धुलिखेल नगरपालिकाका केशव श्रेष्ठ र बनेपाका अमित श्रेष्ठलाई निर्धा्रित मूल्यभन्दा बढी मूल्य असुल गरेको अभियोगमा काठमाडौंको कालीमाटीबाट पक्राउ गरिएको छ।

प्रहरीकाहरुले  सादा पोसाकमा उपभोक्ता बनेर त्रिपाल खरिद गर्ने जाने क्रममा ती दुवै व्यापारीले १हजार रुपैयाँ मूल्य पर्ने त्रिपाललाई १ हजार ६ सय, १हजार आठ सय पर्नेलाई ५ हजार पाँच सय र २ हजार पाँच सय पर्नेलाई तीन हजार सात सय रुपैयाँमा बिक्री गरेको पाइएको छ।

बढी मूल्य असुल गरेर पनि व्यापारीले प्यान बिलको सट्टा साधारण बिल उपलब्ध गराएको भन्दै प्रहरीले ति दुवै व्यापारीले घुस खुवाउनसमेत प्रलोभन दिएको जानकारी दिएको छ।

प्रहरीले तीन थान त्रिपाल र साधारण बिल दुई थानसहित पक्राउ गरेर उनीहरूलाई थप कारबाहीका लागि महानगरीय प्रहरी बृत्त कालीमाटीमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL