Logo

डिआरटीले सेवाको समय थप्यो, १५ दीन भूकम्प प्रभावितको सेवामा खटिने

डिआरटीले सेवाको समय थप्यो, १५ दीन भूकम्प प्रभावितको सेवामा खटिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
जेठ २, काठमाडौं । डिपीडीएचएल समूहको डिजास्टर रेस्पोन्स टिम (डिआरटी) थप  १५ दिन भूकम्प प्रभावितहरुको सेवामा खटिने भएको छ । बैशाख २९ गते आएको पराकम्पनले थप विनाश गरेपछी डिजास्टर रेस्पोन्स टिमको समय बढाइएको हो ।
टिमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरन्तर सञ्चालनको लागि प्रमुख भूमिका निर्वाह गरिरहने छ ।

यो टिम वैशाख १२ को भविनाशकारी भुकम्पदेखि नै विमानस्थालमा खटिएको हो । तीन रोटेटिङ्ग टिममा बाँडिएका डिएचएलका १८ स्वयंसेवीहरु लजिस्टिक्समा विज्ञ र विपत व्यवस्थापनमा तालिम प्राप्त छन् । टिममा सिंगापुर, मलेसिया, दुबई, बहराइन, इण्डिया, हंकङ , पाकिस्तान, बेल्जियम तथा युकेका स्वयंसेवीहरु छन् ।

हालसम्म टिमले युनाइटेड नेसन्स् वल्र्ड फुड प्रोग्रामले चलाएको केन्द्रिकृत एयरसाइड वेयरहाउसमा २ हजार टन भन्दा बढी राहत सामाग्री सार्ने काम गर्दै आएका छन् । त्यहीँबाट नै अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरुले ती राहत सामाग्रीहरुको वितरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL