Logo

सरकारले बढाएको सडक दस्तुरमा महासंघको ध्यानाकर्षण, तत्काल कार्यान्वयनमा नल्याउन अनुरोध

सरकारले बढाएको सडक दस्तुरमा महासंघको ध्यानाकर्षण, तत्काल कार्यान्वयनमा नल्याउन अनुरोध



काठमाडौं । सरकारले केहिदिन अघिमात्रै वृद्धि गरेको यातायात उपभोग दस्तुरमा यातायात ब्यवसायी महांघले ध्यानाकर्षण जाहेर गरेको छ ।

नेपाल राष्ट्रिय यातायात ब्यवासायी महासंघले विभिन्न रुटमा चल्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर बढाउनुका सार्थ केही रुटहरुका थपेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघले सोमबार एक सुचना जारी गर्दै सरकारलाई उक्त सडक उपभोग दस्तुर कार्यान्वयन नगर्न समेत अनुरोध गरेको छ । महासंघले विभिन्न सवारीसाधन तथा यातायात क्षेत्रको छाता संगठन महासंघसँग नै सल्लाह नगरी एक्कासी दस्तुर बढाएको भन्दै ध्यानाकर्षण गरेको हो ।

सरकारले केहि दिन अघिमात्रै एक सुचना जारी गर्दै सडकबोर्ड ऐन २०५८ को दफा ६ बमोजिम विभिन्न सडकखण्डको दस्तुर बढाएको थियो भने केहि सडकको नयाँ दस्तुर समेत तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL