Logo

शनिबारसम्म हेलिकप्टर नउडाउन आपतकालिन कार्यसञ्चालन केन्द्रको आग्रह, नेपालमा पनि फानी चक्रवातको प्रभाव

शनिबारसम्म हेलिकप्टर नउडाउन आपतकालिन कार्यसञ्चालन केन्द्रको आग्रह, नेपालमा पनि फानी चक्रवातको प्रभाव



काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न आग्रह गरेको छ ।

भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भागमा समेत प्रभावित पार्न सक्ने तथा पूर्बी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकाले सो क्षेत्रमा शनिबारसम्म हेलिकप्टर उडान नर्ग नगराउन अनुरोध गरेको छ । साथै केन्द्रले पर्यटक एवं यात्रुहरूलाई सुरक्षित स्थानमा रहन समेत अनुरोध गरेको छ ।

भारतमा बिहानैदेखि चक्रवातको प्रभाव सुरु भइसकेको छ । प्रतिघण्टा गति २ सय किलोमिटरमा फानी चक्रवात चलिरहेको छ भने नेपालका पूर्वी जिल्लाहरुमा समेत यसको प्रभाव देखिन थालेको छ ।

यसको प्रभाव आइतबारसम्म रहने मौसम पूर्वानुमान विभागले जानकारी गराएपछि शनिबार दिनभरसम्मका लागि हेलिकप्टर उडान स्थगित गर्ने हेलिकप्टर सोसाइटीले जानकारी दिएको छ ।

भारतको उडिसामा आइरहेको फानी चक्रवात बंगालको खाडीमा ओडिसा राज्यको तटीय क्षेत्रनजिक रहे पनि नेपालको काठमाडौंसम्मको मौसममा यसको असर सुरु भइसकेको छ । त्यस्तै पर्यटन विभागले समेत एक विज्ञप्ती जारी गर्दै पर्यटकलाई सुरक्षित राख्न विभिन्न एजेन्सीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL