Logo

संघीय संरचना अनुसार पहिलो पटक सरकारको नीति तथा कार्यक्रम, आज ४ बजे संसदमा पेस हुने

संघीय संरचना अनुसार पहिलो पटक सरकारको नीति तथा कार्यक्रम, आज ४ बजे संसदमा पेस हुने



काठमाडौं । सरकारले पहिलोपटक संघिय संरचना अनुसारको नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले देश संघिय संरचनामा गएसँगै नीति तथा कार्यक्रम पनि पहिलोपटक नै संघिय संरचना अनुसार ल्याएको हो ।

सरकारले उक्त नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे संघीय संसदमा पेस गरिने भएको छ । मन्त्रिपरिषदको वैशाख १७ गतेको बैठकले अनुमोदन गरेको उक्त नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गर्ने कार्यक्रम रहेको छ ।

वर्तमान सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम पेस गर्न लागिएको हो । सरकारले यो बर्ष प्रिबजेट छलफल पहिले नै उक्त नीति तथा कार्यक्रम पेस गर्न लागेको छ । अघिल्ला बर्षहरुमा भने प्रिबजेट छलफलभन्दा पछी उक्त नीति तथा कार्यक्रम पेस गर्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्