Logo

भुकम्पपिडीतलाई अष्ट्रेलियाको १ अर्व सहयोग, खाद्य सुरक्षामा खर्च गरिने

भुकम्पपिडीतलाई अष्ट्रेलियाको १ अर्व सहयोग, खाद्य सुरक्षामा खर्च गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२२ वैशाख, काठमाडौं ।  अस्ट्रेलिया सरकारले भूकम्प पीडितलाई रु.१ अर्व (१० मिलियन डलर) सहयोगको घोषणा गरेको छ ।

नेपालका लागि अस्ट्रेलियन राजदूताबासले मंगलबार विज्ञप्ती जारी गर्दै १ अर्व रुपैयाँ  सहयोग उपलब्ध गराउने जानकारी दिएको हो ।

नेपालका प्रमुख भूकम्प प्रभावित क्षेत्रका जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा उक्त रकम प्रयोग हुने बताइएको छ । सो सहयोग गोरखा जिल्लास्थित दूतावासको साझेदार संस्था केयर नेपालमार्फत खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL