Logo

क्रिस्टियानो रोनाल्डोले किने विश्वकै महंगो कार, कति छ कारको मूल्य हेर्नुहोस

क्रिस्टियानो रोनाल्डोले किने विश्वकै महंगो कार, कति छ कारको मूल्य हेर्नुहोस



काठमाडौं । युभेन्टस फुटबल क्लबका खेलाडी क्रिस्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महंगो कार किनेको हल्ला चलेको छ । बुगाट्टी कम्पनीको उक्त कार रोनाल्डोले किनेको एक म्यागेजिनले जानकारी दिएको छ ।

म्यागेजिनका अनुसार ईटालीको युभेन्टस फुटबल क्लवका खेलाडी रोनाल्डोले उक्त कारका लागि ११ मिलियन युरो अर्थात १ अर्ब ३६ करोड ४० लाख नेपाली रुपैयाँ बराबर खर्च गरेका छन ।

रोनाल्डोले किन्न लागेको उक्त कार पहिलोचोटी जेनेभा मोटर एक्स्पो २०१९ मा सार्वजनिक गरिएको थियो । फ्रान्सेली कम्पनीले आफ्नो १ सय १० औ बार्षिकोत्सवको अवसरमा गत मार्चमा उक्त कार सार्वजनिक गरेको थियो ।

रोनाल्डोले किनेको उक्त कार बुगाटी कम्पनीको पुरानो डिजाईनको आधुनिकिकरण हो जसमध्ये सन १९३६ र १९३८ को बीचमा ४ ओटा यस्तै कार बनाईएको थियो ।

उक्त कार रोनाल्डोले किनेपनि सन २०२१ सम्म चलाउन भने पाउने छैनन । किनकी कम्पनीले उक्त कारको सम्पुर्ण विवरण तथा अन्य केहि क्राईटएरिया पुरा गरेपछि मात्रै चलाउन पाईने जानकारी दिएको छ ।

रोनाल्डोसँग हाल पनि विभिन्न महंगा कारहरुको ताँती छ । जसमा मर्सिडिज, फेरारी, लम्बर्घिनी लगायतका विश्वका महँगा तथा नाम चलेका कारहरु रोनाल्डोसँग हाल पनि छन ।

प्रतिक्रिया दिनुहोस्
MBL