Logo

घरजग्गाको मूल्यमा हुने उतारचढाव रोक्न मूल्य सुचकाङ्क तयार, प्रारम्भिव सर्वेक्षण अन्तिम चरणमा

घरजग्गाको मूल्यमा हुने उतारचढाव रोक्न मूल्य सुचकाङ्क तयार, प्रारम्भिव सर्वेक्षण अन्तिम चरणमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गाको मूल्यमा भइरहने उताचढावलाई रोक्न मूल्य सुचकाङ्क तयारका लागि द्वूत गतिमा काम अघि बढाएको छ । समयसमयमा हुने उच्च उतारचढावलाई रोक्न मूल्य सुचकाङ्कको काम तिव्रताका साथ भइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

उनका अनुसार हाल उक्त सूचकाङ्कको प्रारम्भिक सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । उक्त सर्वेक्षणको रिपोर्ट आएसँगै मूल्य सुचकाङ्क तयार गरी त्यसमा केही हदसम्म स्थिरता ल्याईने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL