Logo

बालाजु उद्योग संघद्वारा सिन्धुपाल्चोकका दुई गाविसमा राहत, ३ सय परिवारलाई विभिन्न सागम्री वितरण

बालाजु उद्योग संघद्वारा सिन्धुपाल्चोकका दुई गाविसमा राहत, ३ सय परिवारलाई विभिन्न सागम्री वितरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२० वैशाख, काठमाडौं ।
बालाजु औद्योगिक क्षेत्र भित्र रहेका उद्योगहरुले भुकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका दुई गाविसमा राहत सामग्री वितरण गरेको छ । उद्योगहरुको छाता संगठन बालजु उद्योग संघले सिन्धुपाल्चोकको बासखर्क र बरुवा गाविसका भुकम्प पीडितलाई राहत सामग्री वितरण गरेको हो ।
संघका नेतृत्वमा गएको टोलिले साढे २ टन चामल, ६ बोरा दाल, ३ सय केजी नुन, २ हजार गोटा अण्डा, ४ सय पाउण्ड पाउरोटी, १ हजार बोतल पानी, जीवनजललगायत खाद्य सामग्री वितरण गरेको हो । त्यस्तै, ३ सय थान त्रिपाल, ३ सय परिवारलाई पुग्ने म्याटे«स, १ हजार थान मास्कलगायत अत्यावश्यक सामग्री समेत वितरण गरिएको संघका अध्यक्ष देवराज तामाङले जानकारी दिए । करीब ६ लाख रुपैयाँ बराबरको उक्त सामग्री खरीद तथा वितरणमा किरण शुज, भ्यालि कोल्डस्टोर, आधुनिक डेरी, नेपाल ग्यासलगायत उद्योगहरुले सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL