Logo

रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्रीको प्रतिमा, पार्कलाई अध्ययन उपयुक्त बनाईने

रत्नपार्कमा पहिलो अन्तरिक्ष यात्रीको प्रतिमा, पार्कलाई अध्ययन उपयुक्त बनाईने



काडमाडौं । काठमाडौंको शंखधर पार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको कुममाथिको भाग अनावरण गरिएको छ । गागरिनको ८५ औं बार्षिकोत्सवको अवसरमा पारेर बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्त रुपमा प्रतिभा अनावरण गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख शाक्यले — शंखपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि उपयुक्त बनाइने बताएका छन । ‘रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान गर्ने मौका प्रदान भइरहेको छ,’ उनले भने, ‘रसियामा धेरै नेपाली बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

यसबाट कला, ज्ञान र सीपको प्रवर्धनमा टेवा पुगेको छ । प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको छ ।’ २७ बर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ बर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा शशक्तिकरणको उदाहरण भएको पनि उनले जानकारी दिएका छन ।

‘नेपालको वृहत्तर बिकासका रसिया प्रबिधिमा सहयोग गर्न तत्पर छ । हामीसँग भएका प्रबिधिजन्य सिकाइ नेपाललाई दिन चाहन्छौं’, कार्यक्रममा बोल्दै अन्तरिक्ष यात्री भिक्टोरले — एकीकृत बिकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने बिश्वाश व्यक्त गरेका छन । उनले नेपाल र रसियाको कुटनीतिक सम्बन्धबाट दुवै देशले लाभ लिन सक्ने बताउँदै नेपालका लागि रसियाका कार्यवाहक राजदूत युरी युझाननोभले, काठमाडौं महानगरसँग साझेदार बन्न पाएकोमा खुशी व्यक्त गरेका छन । त्यस्तै रसियन कल्चर सेन्टर फर साइन्स एण्ड कल्चरका निर्देशक युलिया एन्ड्रोशोभाले आपसी सम्बन्ध बिस्तारमा सेन्टरले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन ।

साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड््याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । बाहिरी डाँछी अपा इटाले नेपालीपन प्रदान गरिएको यो शैली महानगरकी आर्किटेक्ट प्रमिला पराजुलीले बनाएकी हुन । मर्तिलाई सुन्दरता प्रदान गर्न स्तम्भ र अक्ष अगाडि सानो ठाउँमा गमला र फूल राखिएको छ । यो संरचना तयार पार्न करीब ३ लाख १५ हजार रुपैयाँ लागेको आर्किटेक्ट पराजुलीले बताईन । यसमा राखिएको मूर्ति भने रसियन कल्चर सेन्टरबाट उपहारस्वरुप प्राप्त भएको हो ।

पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १ सय ८ मिनेट पृथ्वीको परिक्रमा गरे । यस यात्राका लागि त्यहाँका २ सय जना बिमान चालक छनौट भएका थिए । तीमध्ये कठिन समयमा जटिल खालको तनाव र चाप थेग्न सक्ने भएकोले गागरिन यात्राका लागि चयन भएका थिए । ९ मार्च १९३४ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL