Logo

सरकारले २ खर्बको पुर्ननिर्माण कोष खडा ग¥यो, भुकम्पबाट मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख राहत

सरकारले २ खर्बको पुर्ननिर्माण कोष खडा ग¥यो, भुकम्पबाट मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख राहत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१७ वैशाख, काठमाडौं ।
सरकारले भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणका लागि २ खर्ब रुपैयाँ बराबरको कोष खडा गरेको छ । बिहीवार वसेको मन्त्रीपरिषदको वैठकले २ सय अर्ब रुपैयाँ बराबरको पुर्ननिर्माण कोष खडा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए ।
उक्त कसमा सरकारले शुरुमा २० अर्ब रुपैया राख्ने भएको छ । उक्त कोषमा वैदेशिक सहयोग मागिने सरकारले जनाएको छ । उक्ता कोषको रकम भुकम्पबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुर्ननिर्माणमा खर्च गरिने छ ।
त्यस्तै, सरकारले भुकम्पबाट मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख रुपैयाँ तत्काल राहत दिने निर्णय पनि गरेको छ । वैठकले मृतकको क्रिया खर्चका लागि समेत ४० हजार रुपैया दिने निर्णय गरेको हो । त्यस्तै, भत्किएका घरलाई पुर्ननिर्माणका लागि सकारले २५ हजार रुपैयाँ पनि दिने निर्णय गरेको एक मन्त्रीले बताए । भुकम्पबाट घरबार बिहीन भएकालाई तत्काल अस्थाई अश्रयस्थल बनाउन टेन्ट, प्लाष्टिकलगायत सामग्री उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL