Logo

११७ जनलाई हेलिकप्टरबाट उद्दार, १५ फ्लाईटबाट राहत वितरण

११७ जनलाई हेलिकप्टरबाट उद्दार, १५ फ्लाईटबाट राहत वितरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१७ वैशाख, काठमाडौं ।
नेपाल प्रहरीले बिहीवार १ सय १७ जनालाई हेलिकप्टरबाट उद्दार गरी काठमाडौं ल्याएको छ । प्रहरीले सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु र रसुवाका घाईतेलाई उद्दार गरेको हो ।

प्रहरीले सिन्धुपाल्चोकको तातोपानी र चौतारबाट क्रमशः ३८ जना र ९ जनालाई उद्दार गरेको हो । त्यस्तै, दोलखाबाट १० जना, रसुवाको लाङटाङबाट ११ जना, सोलुको रम्जाटार र लुक्लाबाट ४९ जनालाई उद्दार हेलिकप्टरबाट उद्दार गरेको हो ।

त्यस्तै, बिहीवार नै १५ फ्लाईटबाट प्रभावित जिल्लामा राहत वितरण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL