Logo

सडक उपभोग दस्तुर बढ्यो, कुन रुटमा कति बढ्यो हेर्नुहोस

सडक उपभोग दस्तुर बढ्यो, कुन रुटमा कति बढ्यो हेर्नुहोस


बिजखबर संवाददाता
135
Shares

काठमाडौ । सरकारले हालसम्म लिँदै आएको सडक उपभोग दस्तुरमा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सुचना जारी गर्दै हालसम्म लिँदै आएको दस्तुरमा केहि वृद्धि गरेको हो ।

काठमाडौं, हेटौडा लगायत विभिन्न ११ ओटा रुटमा चल्ने सवारी साधनका लागि सडक दस्तुर वृद्धि गरिएको छ भने हाल सम्म नलिएका विभिन्न ३ ओटा रुटमा नयाँ दस्तुर कायम गरिएको छ ।

सरकारले ठुला, साना तथा २ पाँग्रे सवारीसाधनको लागि छुट्टाछुट्टै सडक दस्तुर कायम गरेको छ जसमा सोही अनुसारको वृद्धि पनि गरिएको हो ।

मन्त्रालयले नौविसे–मग्लिन सडकका लागि ठुला सवारीसाधनलाई १ सय २० रुपैयाँ, साना सवारीसाधनलाई ५० रुपैयाँ र २ पाँग्रे सवारीसाधनलाई १० रुपैयाँ तोकेको छ । यस्तै अन्य सडकखण्डहरुमा पनि सोही अनुसार सडक दस्तुर कायम गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तो छ विभिन्न क्षेत्रमा कायम गरिएको नयाँ सडक उपभोग दस्तुर

प्रतिक्रिया दिनुहोस्
MBL