Logo

उद्दार, राहत संकलन र वितरणमा निजी क्षेत्र सक्रिय , व्यवसाय सुचारु गर्न आग्रह

उद्दार, राहत संकलन र वितरणमा निजी क्षेत्र सक्रिय , व्यवसाय सुचारु गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
काठमाडौं, १७ वैशाख
शनिवार आएको महाभुकम्पमा परेकाहरुको उद्दार एवम् पीडितलाई राहत संकलन तथा वितरणमा निजी क्षेत्र सक्रिय भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संघसस्था, औद्योगिक घरणा एवम् उद्योगी व्यवसायीले उद्दार, विपत व्यवस्थापन तथा राहत वितरणलाई तिव्रता दिएका हुन् ।

उद्योग व्यवसाय सञ्चालन गर्न अपिल
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सूचना नै जारी गरी उद्योग व्यवसाय खोल्न अपिल गरेका छन् । भुकम्पको विपत्तिमा परेका आम नेपालीहरुको दैनिक जीवन निकै कष्टकर बनेको परिस्थीतीमा उनीहरुमा सहयोग पु¥याउनु सवैको जिम्मेवारी भएको भन्दै व्यवसायी सञ्चालन गरी सहयोग गर्न अपिल गरेका हुन्  । संकटको यो घडिमा मन, बचन र कर्मले व्यवसाय खोली सुपथ तथा सर्भसूलभरुपमा उपभोग्य वस्तु विक्री वितरण गर्न महासंघ  र चेम्बरले अपिल गरेका हुन् ।

महासंघले १० करोडको रातह वितरण गर्ने
नेपाल उद्योग वाणिज्य महासंघले गत शनिवार आएको महा भुकम्प पीडितका लागि १० करोड रुपैयाँ बराबरको राहत वितरण गर्ने भएको छ । महासंघले २० भन्दा बढी संघसंस्थासँगको सहकार्यमा शुरू गरेको ‘अपरेशन रिलिफ’ अभियान मार्फत नगद तथा राहतका सामग्री उपलब्ध गराउने भएको हो ।

परिसंघले राहत सिन्धुपाल्चोकमा, अन्य क्षत्रमा लगिदै
नेपाल उद्योग परिसंघले भुकम्पबाट पीडित सिन्धुपाल्चोकका जनतालाई राहत सामग्री वितरण गरेको छ । परिसंघले सिन्धुपाल्चोकका प्रखुख जिल्ला अधिकारीमार्फत २० मेट्रिक राहतका सामग्री वितरण गरेको हो ।
परिसंघले ४१ हजार ७ सय ६० प्याकेट चाउचाउ, ३ हजार बोतल पानी, ७ सय ५० थान कम्बल, घाउ सफा गर्नेलगायत राहतका सामग्री उपलब्ध  गराएको हो । प्रमुख जिल्ला अधिकारीलाई बुधवार हस्तान्तरण गरिएका राहतका सामग्री बुधवारदेखिनै सिन्धुपाल्चोकका भुकम्प पीडितलाई वितरण गरिने जनाइएको छ ।
अब अन्य प्रभावित जिल्लामा समेत राहत सामग्री पुर्याउने परिसंघले जनाएको छ ।

चेम्बरले साढे ४ हजार प्याकेट सामग्री बाड्यो, आज धादिङ र गोरखा लगिदै
नेपाल चेम्बर अफ कमर्सले कपन, रानीपौवा, ठीमी र भक्तपुरका केही गाविसमा साढे ४ हजार प्याकेट राहतका सामग्री वितरण गरेको छ । चेम्बरले चिउरा, विस्कुट, चाउचाउ र पानी भएको राहतको प्याकेट वितरण गरेको हो । त्यस्तै, केही त्रिपाल र औषधि समेत वितरण गरिएको चेम्बरले जनाएको छ । बिहीवार नुवाकोट, धादिङ र गोरखामा राहत वितरण गर्ने चेम्बरले बताएको छ ।

Rahat 1

इन्टरनेट सोसाईटद्वारा चार्जर र इन्भर्टर वितरण
इन्टरनेट सोसाईटी अफ नेपाल च्याप्टरले महा भुकप्मबा उत्पन्न विपद व्यवस्थापनमा सहयोग पु¥याउन नेपाल प्रहरीलाई मोबाइल चार्जर, इन्र्भटर, सोलार प्यानल तथा ब्याट्रि उपलब्ध गराएको छ । इन्टरनेट समाजले ५० थान पावर बैंक (मोबाइल चार्जर), २० थान इन्भर्टर र केही थान सोलार प्यालन र ब्याट्रि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई उपलब्ध गराएको हो ।

खेतान समूहले १० करोड राहत दिने
खोतान समूहले १० करोड रुपैयाँ राहत सहयोग दिने भएको छ । समूहले भुकम्प पीडितका लागि उक्त रकम दिने भएको हो ।

बैंकहरुको सहयोग पनि जारी
हालसम्म नेपाल इनभेष्टमेण्ट बैंक, प्रभु बैंक, वाणिज्य बैंक, मेगा बैंकलगायत बैंक तथा वित्तिय संस्थाले सहयोगको घोषाणा गरेका छन् ।
त्यस्तै, होटल व्यवसायी, फर्निचर व्यवसायी, विज्ञापन व्यवसायीलगायतले पनि राहत सामग्री संकलन एवम् वितरणमा तिव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL