Logo

दोलखामा आर्थिक पत्रकारिता तालीम सुरु, पत्रकारले आर्थिक बिषय बुझ्नु आवश्यक

दोलखामा आर्थिक पत्रकारिता तालीम सुरु, पत्रकारले आर्थिक बिषय बुझ्नु आवश्यक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० बैशाख,काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले दोलखाको चरिकोटमा दुइ दिने आर्थिक पत्रकारिता तालीम  शुरु  गरेको छ । भएको छ । अमेरिकी दुतावासको सहकार्यमा सञ्चालित तालीम कार्यक्रम शुक्रबार सकिने आयोजकले बताएको छ ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघ, उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले जलस्रोतको माध्यमबाट देश आर्थिक विकास सम्भव भएको बताए । ‘जलविद्युत बिना देशको विकास सम्भव छैन” उनले भने, “जुन क्षेत्रको सम्भावना छ, त्यसको विकास आजको आवश्यकता हो ।”

सो अवसरमा  नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष उद्धब पोखरेलले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालीमले ठूलो सहयोग पु¥याएको बताए । साथै दोलखा जिल्ला जलविद्युतका लागि राजधानी भएकाले यस क्षेत्रबाट काम गर्ने पत्रकारलाई आर्थिक पत्रकारिता तालीम जरुरी भएको जिकीर गरे ।

अमेरिकी दुतावसको सुचना विज्ञ मिना कैनीले आर्थिक विकास भएपछि मात्र देश प्रगति हुने बताइन । कार्यक्रममा उनले देश विकासका लागि आर्थिक पत्रकारको क्षमताअभिवृद्धि हुन जरुरी भएको बताइन ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष बिज्ञान अधिकारीले जिल्लाबाट काम गर्ने पत्रकारले आर्थिक विषय बुझ्नु जरुरी रहेको बताए । जिल्लामा काम गर्न पत्रकारले सबै क्षेत्र (विट)मा काम गर्नु पर्ने बाध्यता रहेकाले तालीमबाट आर्थिक क्षेत्रका विषय बुझ्न सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्