Logo

प्लाष्टिक प्रतिबन्ध हटाउन उद्योगीको आग्रह, पुन प्रयोग र व्यवस्थापनमा ध्यान दिन माग

प्लाष्टिक प्रतिबन्ध हटाउन उद्योगीको आग्रह, पुन प्रयोग र व्यवस्थापनमा ध्यान दिन माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० बैशाख,काठमाडौं । उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्ध नगर्न प्लाष्टिक उद्योगीहरुले सरकार समक्ष आग्रह गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी प्लाष्ट नेपाल फाउन्डेसनले प्लाष्टिक प्रतिबन्ध नगरी त्यसको व्यवस्थपन गर्न माग गरेको हो । फाउन्डेसनले पर्याप्त अध्ययन वास्तविक तथ्यहरुलाई बेवास्ता गर्दै सरकारले उपत्यकालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेकोमा ध्यानाकर्षण भएको बताएको छ ।

‘दैनिक उपभोग्य बस्तु ओसार पसार तथा घरायसी फोहोर संकलन गर्न यसको प्लाष्टिक झोलाको विकल्प छैन ’,बिज्ञप्तिमा भनिएको छ ‘ यसको प्रयोगमा प्रतिवन्ध लगाउनुको सट्टा पुन प्रयोग तथा पुन उत्पादन र उचित व्यवस्थापनमा ध्यान दिनु आवश्य छ ।’

साथै प्लाष्टिक झोलाको व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताइएको छ । प्लाष्टिक झोला विश्वका धेरै देशमा प्रयोग भइरहेकोले  प्लाष्टिक झोलाको प्रयोग आफैमा समस्या नभएको विज्ञप्तिमा उल्लेख छ ।
उद्योगीहरुले  नियम संगत रुपमा सञ्चालनमा रहेका उद्योगहरु बन्द गार्ने सरकारको निणर्यलाई  पुन विचार गर्न आग्रह  गरेको छ ।

साथै प्लाष्टिक झोलाको पुन प्रयोग,पुन उत्पादन र प्रशोधनको उचित व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL