Logo

करिव ४ अंकले घट्यो नेप्से, २० करोडको कारोवार

करिव ४ अंकले घट्यो नेप्से, २० करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० बैशाख,काठमाडौं । साताको अन्तिम दिन बिहीवार नेप्से परिसुचक ३ दशमलव ८३ अंकले ओरालो लागेको छ ।  ९ सय ४२ अंकबाट खुलेको बजार ९ सय ३८ अंकमा झरेर बन्द भएको छ । सो दिन कारोवारमा आएमा मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव ५९ अंकले घटेको छ ।

त्यस्तै जलविद्युतको १५ दशमलव ७५, विकास बैंकको ३ दशमलव ४,बैंकिङ समुहको ३ दशमलव २७, ट्रेडिङको ० दशमलव ४९ र  फाइनान्स समुहको परिसुचक ० दशमलव ३१ अंकले घटेको छ । यता होटल उत्पादन तथा अन्य समुहको परिसुचक भने क्रमशः १ दशमलव १५, १ दशमलव ८७ र १ दशमलव १ड अंकले उकालो लागेको छ ।

१ सय २७ कम्पनीको ६ लाख २९ हजार कित्ता सेयर किनबेचबाट  २० करोड २४ लाखको कारोबार  भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL