Logo

भिवोर बैंकको ९ महिनामा १० करोड नाफा, खराब कर्जाको दर १७ बाट ३ प्रतिशतमा झर्यो

भिवोर बैंकको ९ महिनामा १० करोड नाफा, खराब कर्जाको दर १७ बाट ३ प्रतिशतमा झर्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० वैशाख, काठमाडौं  । भिवोर विकास बैंकले चालू आवको पहिलो ९ महिनामा १० करोड २८ लाख ४ हजार रुपैया खुद मुनाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १६ करोड १७ लाख ९६ हजार रुपैयाँ खुद घाटामा रहेको बैंकले यो वर्ष ‘प्रोपिफट एण्ड लस एकाउण्ट’लाई धनात्मक बनाएको छ ।

अघिल्लो वर्ष खुद गैर सञ्चालन खर्च बापत झण्डै ११ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकले यो वर्ष गैरसञ्चालन आम्दानी बढाएको छ । खराब कर्जाको दर गत वर्ष १७ दशमलव १४ प्रतिशत रहेकोमा यो वर्ष झण्डै १४ प्रतिशत विन्दुले घटाएर ३ दशमलव ३५ प्रतिशतमा झारेको छ ।

तिव्र रुपमा वित्तीय स्वास्थय सुधार्न लागि परेको बैंक व्यवस्थापनले बैंकको सुधारका लागि सफलता पाउँदै गएको देखिन्छ । बैंकले निष्कृय कर्जाको १ सय ५ प्रतिशतभन्दा बढी प्रोभिजनीङ गरेको छ । त्यस्तै, सञ्चित घाटा पनि १७ करोड ४४ लाख रुपैयाँ घटाएर २८ करोड २५ लाख रुपैयाँमा झारेको छ । चैत मसान्तसम्म बैंकको कर्जा निक्षप अनुपात ७४ दशमलव ६७ प्रतिशत छ ।

बैंकले हालसम्म ४ अर्व १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL