Logo

राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाडौंमा हुने, २५ बर्षे रणनीतिबारे २ दिन छलफल गर्ने

राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाडौंमा हुने, २५ बर्षे रणनीतिबारे २ दिन छलफल गर्ने



काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले तयार पारेको मस्यौदा आधारपत्रमाथि छलफल गर्न विकास परिषदको बैठक डाकिएको जानकारी दिएको हो ।

काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म हुने बैठकमा परिषदको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्नेछन् ।

आयोगले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गर्दै २५ वर्षे विकास रणनीति बनाएको छ । यो योजनालाई सफल बनाउन आयोगले सातै प्रदेशस्तरमा छलफल समेत गरेको जानकारी दिएको छ ।

सबै मन्त्रीहरु, आयोगका उपाध्यक्ष, सभामुख, मुख्यमन्त्रीहरु, संसदीय समितिका सभापतिहरु, निजी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरु तथा सरकारले परिषद् सदस्यमा मनोनित गरी ३ सय जनाको सहभागि हुने आयोगले जानकारी दिएको छ ।

योजना आयोगको परिषदमा भने २५ जना रहने र थप आयोगले मनोनित गर्नेछ । आयोगले तयार पारेको योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय योजना आयोग आदेश, २०७४ बमोजिम गठित विकास परिषदको बैठक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL