Logo

स्वाइनफ्लु पिडीतलाई इन्सेन्टिभको सहयोग, जाजरकोट प्रजिअको खातामा रकम जम्मा गरिने

स्वाइनफ्लु पिडीतलाई इन्सेन्टिभको सहयोग, जाजरकोट प्रजिअको खातामा रकम जम्मा गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ बैशाख,काठमाडौं । इन्सेन्टिभ ग्रुप अफ कम्पनीज(आईजीसी) ले जाजरकोका स्वाइलफ्लु पिडीतहरुलाई राहत प्रदान गरेको छ । नेपालका लागि एयर एशियाको आधिकारीक विक्रेता रहेको इन्सेन्टिभले स्वाइनफ्लुबाट मृत्यु भएका परिवारलाई १० हजार रुपैयाँ प्रदान गरेको हो । त्यस्तै उपचारको पर्खाइमा रहेकाहरुलाई औषधीका लागि आर्थिक सहयोग गरेको छ । लायन्स क्लव अफ काठमाडौं इन्टलिजेन्सको सहकार्यमा गरिएको राहत वितरण गरेको हो ।

रकम जाजरकोटको प्रमुख जिल्ला अधिकारीको खातामा जम्मा हुने र प्रजिअले मृतक परिवारलाई हस्तान्तरण गर्ने लायन्स क्लवका अध्यक्ष सन्तोष खतिवडाले बताए ।

राहत रकमको चेक र औषधी लायन्स क्लव अफ काठमाडौं इन्टलिजेनले नेपालगञ्जका प्रमुख अधिकारी बेदप्रसाद लेखकलाइ हस्तान्तरण गरेको छ । प्रजिअ लेखकले रकम सिधै जाजरकोटको प्रजिअको खातामा जम्म हुने र औषधी स्वास्थ्यकर्मीसँग पठाउने बताए । जाजरकोटमा हालसम्म २६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL