Logo

अत्यावश्यक सवारी लाईसेन्स १ दिनमै, बाँकी लाईसेन्स ४ महिनामा वितरण गरिँदै

अत्यावश्यक सवारी लाईसेन्स १ दिनमै, बाँकी लाईसेन्स ४ महिनामा वितरण गरिँदै



काठमाडौं । सरकारले अब अत्यावश्यक सेवाको लागि १ दिनमै सवारी चालक अनुमतीपत्र (लाईसेन्स) उपलब्ध गराउने भएको छ । यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाको लागि तोकिएको ८ देखि १० दिन राखेकामा धेरै गुनासो आएपछि उक्त समयलाई घटाई १ दिनमै उपलब्ध गराउने भएको हो ।

विभागले हालसम्म नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा ८ देखि १० दिनमा सवारीचालक अनुमतीपत्र दिँदै आएको थियो । अब भने विभागले त्यस्तो अवस्थाको निवेदन आएको खण्डमा निवेदन आएको भोलीपल्टनै लाईसेन्स उपलब्ध गराउने जानकारी दिएको छ ।

विभागले एक सुचना जारी गर्दै उक्त किसिमको लाईसेन्स १ दिनमै उपलब्ध गराउने भएको हो । बिभागले हाल मास प्रीन्टर ल्याएर ब्याकमा रहेका करिव ७ लाख लाईसेन्स वितरण गर्ने योजना बनाएको छ । जसअनुसार विभागले उक्त मास प्रिन्टर ल्याउँदा विभागले ब्याकमा रहेका ७ लाख लाईसेन्स ३ देखि ४ महिनामा वितरण गरिसक्ने रणनीति अपनाएको छ ।


प्रतिक्रिया दिनुहोस्