Logo

कोइराला इन्डोनेसिया प्रस्थान गर्दै, जाकर्तामा हुने सम्मेलनमा भाग लिने

कोइराला इन्डोनेसिया प्रस्थान गर्दै, जाकर्तामा हुने सम्मेलनमा भाग लिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ वैशाख , काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला आज इन्डोनेसियातर्फ प्रस्थान गर्दै छन् । उनी दिउसो २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।  जाकर्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौँ वाषिर्षोत्सवमा भागलिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रस्थान गर्न लागेको बताइएको छ ।

‘‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते आयोजना हुँदैछ  । त्यस्तै  एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ बाषिर्षोत्सव वाङ्डुङ शहरमा वैशाख ११ गते आयोजना हुनेछ । नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै सक्रिय रूपमा भाग लिँदै आएको छ ।

सम्मेलनमा मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार र सरकारी अधिकृतस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास बैरागी वैशाख ४ गते त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

सो समारोहमा एसिया तथा अफ्रिकाका महादेशका १ सय ९ देश,  १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तर्रा्ष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहनेछ । एसियाली तथा अफ्रिकी मुलुकबीच साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्य ती दुवै सम्मेलनले राखेका छन् । दक्षिण–दक्षिण सहयोग सबलीकरण गरी सामूहिक चुनौती समाधान गर्न छलफलको अवसरको रूपमा सम्मेलनलाई लिइएको छ ।

प्रधानमन्त्री कोइरालाले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एसियाली अफ्रिकी सम्मेलनको ६० औैँ वाषिर्षोत्सव वैशाख ११ गते बाङडुङ शहरमा आयोजना हुनेछ । सो सम्मेलनमा प्रधानमन्त्री कोइरालाले भाग लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL