Logo

सरकार र सीके राउतबीच ११ बुँदे सम्झौता, सीके राउतले पृथकतावादी गतिविधि परित्याग गर्ने

सरकार र सीके राउतबीच ११ बुँदे सम्झौता, सीके राउतले पृथकतावादी गतिविधि परित्याग गर्ने



काठमाडौं । सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र सीके राउतबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा स्वतन्त्र मधेस गठवन्धनले पृथकतावादी गतिविधि परित्याग गरी मुलधारको राजनीतिमा सहभागिता जनाउने उल्लेख गरिएको छ । यस्तै स्वतन्त्र मधेस गठवन्धनले यस अघि आफ्नो प्रचारका लागि तयार पारेका पर्चा र पम्पलेटको आधारमा सरकारले मुद्दा नचलाउने सम्झौतापत्रमा उल्लेख छ ।

स्वतन्त्र मधेस गठवन्धनका नेता–कार्यकर्तामाथि लगाइएका सबै राजनीतिक मुद्दा फिर्ता गरी प्रहरी हिरासत र थुनामा रहेका सबै कार्यकर्तालाई बिनाशर्त रिहा गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।
स्वतन्त्र मधेस गठवन्धनले पृथकतावादी गतिविधिको प्रचारका लागि प्रचारमा ल्याएका किताव, पर्चा, पम्पलेट तथा अनलाईन सामग्री बन्द गर्ने सम्झौता भएको सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL