Logo

टिकापुर घटनाः सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

टिकापुर घटनाः सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद



काठमाडौं । टिकापुर हत्याकाण्डका मुख्य आरोपी सांसद रेशम कुमार चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाईएको छ । बुधबार जिल्ला अदालत कैलालीले उनी लगायत आरोपी ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीस परशुराम भट्टराईको एकल ईजलासले यस्तो फैसला सुनाएको हो । यस्तै उक्त घटनाका अर्का आरोपी लक्ष्मण थारु भने आजै रिहा हुने भएका छन । टीकापुरमा २०७२ भदौ ७ गते प्रहरीका एक एसएसपी सहित ९ जनाको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL