बिजखबर संबाददाता
३ चैत,काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा भोली सार्वजनिक विदाको घोषणा गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुबाटरमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको हो । साथै सरकारले राजकीय सम्मानका साथ उनको अन्त्येष्टी गर्ने निणर्य गरेको छ ।
थापाको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा बुधवार राती निधन भएको थियो । त्यसैगरी शुक्रवार आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सवै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने समेत निणर्य गरेको छ ।