Logo

हेलिकप्टर दुर्घटना : ५ को पशुपति आर्यघाटमा दाहसंस्कार

हेलिकप्टर दुर्घटना : ५ को पशुपति आर्यघाटमा दाहसंस्कार



काठमाडौं । बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका ४ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको आज दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको शव पोखरा पुर्याएको छ भने पर्यटन ब्यवसायि तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको शव भने आफ्नै विवासमा लगेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL