Logo

मन्त्री अधिकारीको शव अन्तिम श्रद्धान्जलीका लागि प्रर्दशनी केन्द्र पोखरामा, श्रद्धान्जली दिन उर्लियो जनसागर

मन्त्री अधिकारीको शव अन्तिम श्रद्धान्जलीका लागि प्रर्दशनी केन्द्र पोखरामा, श्रद्धान्जली दिन उर्लियो जनसागर



काठमाडौं । बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

मन्त्री अधिकारी लगायत ७ जनाको एयर डाइनेष्टिको हेलिकप्टर ताप्लेजुङको चुहानडाँडामा दुर्घटना हुँदा मृत्यु भएको थियो ।

करिब १ बजे पोखरा पुर्याएका मन्त्री अधिकारीको शवलाई अन्तिम श्रद्धान्जली पछि आजै रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ ।

पोख्रेलीहरुको धरोहरको केन्द्र अधिकारी २०२६ साल बैशाखमा कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मेका हुन ।

स्व मन्त्री अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निवर्वचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL