Logo

नेता तथा व्यवसायीको सम्झनामा मन्त्री रवीन्द्र अधिकारी, कसले कसरी सम्झिए

नेता तथा व्यवसायीको सम्झनामा मन्त्री रवीन्द्र अधिकारी, कसले कसरी सम्झिए



काठमाडौं । नेपालमा पर्यटन क्षेत्रको विकासको आशा देखाउँदै अस्ताएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रमा आशा मात्रै नदेखाई विकास पनि गरे । उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएसँगै विभिन्न राजनीतिक दल तथा नेताहरुले दुख ब्यक्त गर्दै उनलाई सम्झिएका छन ।

पर्यटन ब्यवसायी तथा राजनीतिक कर्मीहरुले उनलाई आफ्नो तर्कका साथ विभिन्न सामाजिक संजालमा सम्झेका हुन । अधिकारी निकट साथी तथा राजनीतिक कर्मीले उनलाई यसरी सम्झिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली
हामी सबैलाई स्तव्ध तुल्याउने ताप्लेजुङ्गमा भएको कहाली लाग्दो हेलिकोप्टर दुर्घटनामा जीवन गुमाउने सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रवीन्द्र अधिकारी सहित ७ व्यक्तित्वहरूको शोकाकुल परिवारजनमा मन्त्रीमण्डलका सदस्यहरू सहित समवेदना व्यक्त गरेर भरखरै फर्किएँ ।

योगेश भट्टराई

प्रिय साथी म निशब्द छु, म स्वीकार गर्दिन तिम्रै आवाजले एकपटक बताइदेउन यार ।
भिआईपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।

गोकुल प्रसाद बास्कोटा, संचार तथा सुचना प्रविधि मन्त्री
गठन र संघर्षबाट खारिएका अत्यन्तै जुझारु कर्मशील योद्धा क. रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएकोमा अत्यन्तै दुःखित भएको छु । दुर्घटनाबाट राष्ट्र र पार्टिले ठूलो क्षति बेहोर्नु परेको छ । पीडा र आंशु संगै हार्दिक श्रद्धाञ्जली ।
ताप्लेजुङ जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा परी मेरा मित्र तथा लोकप्रिय सफल पर्यटन उद्यमी आङछिरिङ शेर्पाको दुःखद निधनले मलाई स्तब्ध बनाएको छ । मित्र शेर्पा प्रती हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

बाबुराम भट्टराई अध्यक्ष नयाँ शक्ती पार्टी
मैले धेरै आशा गरेका एकजना युवानेता रवीन्द्र अधिकारीको अल्पायुमै आकस्मिक निधनले स्तब्ध छु! हेलिकप्टर दुर्घटनामा निधन भएका सबैमा हार्दिक श्रद्धान्जली !

विना मगर खानेपानी तथा सरसफाई मन्त्री
अत्यन्तै मिलनसार, परिणाममुखी कामका लागि सधैं अग्रसर, आशाका दीप रवीन्द्र अधिकारी दाइको हेलिकप्टर दुर्घटनामा भएको निधनले राष्ट्रलाई एक अपुरणिय क्षति भएको छ । यो क्षण अत्यन्तै मर्माहत भएको छु । उहाँ लगायत दुर्घटनामा निधन हुने सबैमा हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवारमा समवेदना ।

प्रदिप कुमार ज्ञवाली परराष्ट्र मन्त्री
श्रद्धान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन् ।
कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ?
अलविदा रवीन्द्र कमरेड हाम्रो सम्झनाको क्यानभासमा तपाईँ सधैभरि बाँचिरहनु हुनेछ । यस दुखद दुर्घटनामा परी दिवंगत हुनुहुने सबैमा श्रध्दासुमन ।

गगन थापा कांग्रेस केन्द्रिय सदस्य
रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन । मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रद्धाञ्जली ।

सरोज सिटौला, महासचिव नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबर सुन्दा साह्रै दुखित भएको छु । उहाँको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको छ । साह्रै सरल व्यक्तित्व मन्त्री अधिकारीसँगै दुर्घटनामा परी निधन हुनुभएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल , मन्त्रीका पिएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
MBL