Logo

अब डिजीटल प्रविधिबाट भुकम्प मापन, फ्रान्सले सहयोग गर्ने

अब डिजीटल प्रविधिबाट भुकम्प मापन, फ्रान्सले सहयोग गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ बैंशाख, काठमाडौं । खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका २१ वटै भूकम्प मापन केन्द्र डिजीटल प्रविधिमा जाने भएका छन् ।

फ्रान्सको भूकम्प सम्बन्धी अध्ययन गर्ने संस्था डिपार्टमेन्ट एनलाइसिस सर्भिलेन्स इनभारोमेन्टका अध्यक्ष वेनेडीक गीलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलिले उद्योगमन्त्री महेश बस्नेतको कार्यकक्षमा भएको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो ।

खानी तथा भूगर्भ विभागका उप महानिर्देशक डा. सोम सापकोटाका अनुसार उद्योगमन्त्री बस्नेत र फ्रान्सको उक्त टोलिबीच खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका सबै राष्ट्यि भूकम्प मापन केन्द्रलाई आधुनिकरण गर्ने विषयमा छलफल भएको छ । सो छलफलमा भूकम्पका तथ्याङ प्रशोधन तथा मापनका लागि डिजीटल प्रविधि जडान गर्न फ्रान्स सरकारले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ ।

उप महानिर्देशक डा. सापकोटाले फ्रान्सले १९७८ देखिनै खानी तथा भूगर्भ विभागको आधुनिकिकरणका लागि नेपाललाई प्रत्यक्ष प्राविधिक सहयोग गदैँ आएको छ । हाल खानी तथा भूगर्भ विभागसँग नेपाल भित्र दुई रेक्टर स्केलभन्दा ठूला र विश्वको जुनसुकै स्थानको पाँच रेक्टरभन्दा ठूला भूकम्प नेपालबाटै मापन गर्ने प्रविधि रहेको छ । ‘हामी अहिले एनालग प्रविधिमा आधारित भएर भुकम्प मापन गदैँ आएका छौँ,’ उनले भने, ‘अब हुने फ्रान्सको प्रत्यक्ष प्राविधिक सहयोगबाट हामी डिजिटल प्रविधिमा जान्छौँ ।’

सो भेटवर्तामा उद्योगमन्त्रालयका सचिव, सहसचिव, खानी तथा भूगर्भ विभागका महानिर्देशक तथा उपमहानिर्देशक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL