Logo

विपन्न परिवारका लागि राजेश हमालको साथ, ४ परिवारलाई २ करोड बराबरको जग्गा दान

विपन्न परिवारका लागि राजेश हमालको साथ, ४ परिवारलाई २ करोड बराबरको जग्गा दान



काठमाडौ । चलचित्र क्षेत्रका महानायक कलाकार राजेश हमालले करिब २ करोड मूल्य बराबरको जग्गा प्रदान गरेका छन ।

उनले विगत ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्खौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई उक्त जग्गा प्रदान गरेका हुन ।

देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि ४ परिवारलाई आफनो नाममा रहेको सो जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका छन् ।

भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको हो ।

६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राखेकी थिइन । आफनो घरपरिवारको हेर्चाहमा संलग्न ती परिवारले हमालकै जग्गामा घर बनाएर बस्दै आएका थिए ।

पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि हमालले उनीहरुको बसोबासको लागि जग्गा प्रदान गरेको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्