काठमाडौं । भारतीय वायुसेनाको एक विमानले नियन्त्रण रेखा पार गर्दै पाकिस्तान क्षेत्रमा बम खसालेको छ । आईतबार बिहान साढे ३ बजे उक्त विमानले पाकिस्तान क्षेत्रको बालाकोटमा बम खसालेर भागेको बीबीसी हिन्दीले जानकारी दिएको छ ।
यसरी बम खसालेर भागेकामा स्थानीय सरकारले भने देशको लागि सहि कदम उठाएको बताईरहेको छ । स्थानीय सरकारका अनुसार भारतीय विमानले हवाईसिमा उल्लङ्घन नगरीकनै उक्त क्षेत्रमा बम खसाल्न सफल भएको हो । ‘सेनालाई उक्त कदम उठाउन प्रधानमन्त्री नरेन्द्र मादीले नै अनुमती दिएका हुन,’ केन्द्रिय मन्त्री प्रकाश जावडेकरले भने, ‘अब पुरै भारत सेनाको पछि छ ।’
सबैभन्दा पहिले पुलवामा हमला गर्ने आतंकवादीलाई १ सय घण्टाभित्र मारेको, भारतको पानी पाकिस्तान जानबाट रोकेको तथा त्यसपछी हवाई आक्रमणको कदम उठाएको पनि उनले बताएका छन ।
भारतीय उक्त विमानले भारत पाकिस्तान नियन्त्रण रेखालाई पार गर्दै बालाकोट क्षेत्रमा बम खसालेको थियो । ती सबै काम आधा घण्टामा भएको भारतीय सेनाका अधिकारीले जानकारी दिएका छन ।