Logo

भोलिदेखि कोरियाली भाषा परीक्षाको फारम खुला, १० स्थानबाट भर्न सकिने

भोलिदेखि कोरियाली भाषा परीक्षाको फारम खुला, १० स्थानबाट भर्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ बैशाख, काठमाडौं । विहीबारदेखि रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत कोरियाको रोजगारीमा जान चाहने कामदारका लागि भाषा परीक्षाको आवेदन खुल्ने भएको छ । ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारका लागि कोरियाली भाषा परीक्षा (केएलटी) को छैटौं चरणको परीक्षाको आवेदन खुल्न लागेको हो ।

रोजगारीका लागि कोरिया जाने सो परीक्षा फारम बिहीबार देखि आइतबारसम्म खुल्ने इपीएस कोरिया शाखाले जानकारी दिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार लैजाँदै आएको छ । हालसम्म झण्डै २० हजार नेपाली कामदार सो प्रणालीमार्फत कोरियालको रोजगारीमा पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

शाखाले यस पटक नेपाली कामदारको सुविधालाई केन्द्रित गर्दै देशमा १० ओटा स्थानमा फारम संकलन केन्द्रमा राखेको छ । यसपटक उपत्यकामा ५ ओटा र उपत्यका बाहिर ५वटा संकलन केन्द्र राखिएको छ । जस अनुसार उपत्यका भित्र काठमाडौं भ्याली उच्च मावि महाराजगंज, नेपाल वेद विद्याश्रम संस्कृत मावि, गौशाला, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीतिर्तुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, ललितपुर र च्यासल फुटबल खेल मैदान बालकुमारी ललितपुर तोएिको छ ।

यस्तै उपत्यका बाहिर धनुषाको जनकपुर चुरोट कारखाना परिसर, सुनसरीको धरान सभागृह धरान, कास्कीको विन्दबासिनि उच्च मावि वाटुलेचौर पोखरा, रुपन्देहीको बुटवल प्रदर्शनी मण्डप वुटवल र डडेल्धुराको कर्मचारी मिलन केन्द्रसमेतबाट दरखास्त दिन सकिने इपिएस शाखाले जनाएको छ । शाखाले गत वर्षदेखि उपत्यका वाहिर पनि फारम संकलन केन्द्र राख्दै अएको छ । यस पटक उपत्यका भित्र पनि थप २ वटा संकल केन्द्र थपेको छ

शाखाका अनुसार कोरियाली भाषा परीक्षा आउँदो जेठ ३० र ३१ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL