काठमाडौं । ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । चार दशकदेखि नेपालमा जैविक विविधता र संरक्षणको क्षेत्रमा योगदान पु¥याउँदै आएका बेलायतका संरक्षणकर्मी फिल्ड मार्सल सर जोन चाप्पल को सम्मानस्वरुप उक्त सेन्टर स्थपना गरिएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा सेन्टर स्थापना गरिएको सदर चडियाखानाका कार्यक्रम व्यवस्थापक चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
मङ्गलबारदेखि सञ्चालनमा आएको केन्द्रले संरक्षण क्षेत्रमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास रहेको वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले जानकारी दिएका छन । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए । विसं २००७ को राजनीतिक परिवर्तनपछि यसको स्वामित्व नेपाल सरकारमा आएको थियो ।
विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानामा २०५२ देखि यसको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ । अहिले यहाँ वन्यजन्तु संरक्षण र व्यवस्थापन, संरक्षण शिक्षा र अध्ययन अनुसन्धान, मनोरञ्जन तथा प्रकृति संरक्षणबाट जनचेतना दिने कार्य हुँदै आएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक पोखरेलले बताए । रासस