काठमाडौं । सरकारले कर्मचारी समायोजन गर्ने क्रममा विभिन्न सचिवहरुको सरुवा तथा बढुवा गरेको छ ।
सरकारले ७ जना सचिवको सरुवा तथा एक जनालाई भने सचिवमा बढुवा गरेको हो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएसँगै पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई आएका छन ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ ।
रक्षामन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै सूर्य गौतमलाई भने सचिवमा बढुवा गरि महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।