काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सिजी टेलिकम, व्यवसायी सुमार्गीको रोकिएको पैसा खुलाउने जस्ता विषयमा विवादास्द निर्णय गरेपछि न्याय सम्पादनको जिम्मेवारीबाट हटाईएपछि उनी घरविदामा बसेका थिए ।
तर, उनलाई कार्यसम्पादनबाट हटाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै जोशीलाई विवादस्पद निर्णय गरेको भन्दै न्याय सम्पादनको जिम्मेवारीबाट हटाइएको थियो । जिम्मेवारीबाट हटाएपछि उनले आफ्नो कार्यकाल सकिन ४ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् ।