काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले रिजालले अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी २ करोड ९७ लाख ३८ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको पाईएको छ ।
आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकाले कारवाही गरी पाउँ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो ।
उनी करिव १ बर्ष अघि मात्रै आफ्नो पदबाट अवकाश लिएका थिए ।