Logo

मुरारका भन्छन्, राजनीतिको असर महासंघमा पनि पर्यो, अर्थतन्त्रको ३ चौथाइ हिस्सा निजी क्षेत्रको हातमा

मुरारका भन्छन्, राजनीतिको असर महासंघमा पनि पर्यो, अर्थतन्त्रको ३ चौथाइ हिस्सा निजी क्षेत्रको हातमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ चैत, काठमाडौं । पछिल्लो समय राजनीतिका कारण उद्योग वाणिज्य संघमा विभाजन आउन थालेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले बताए । ‘हाल व्यवसायीक संघसंस्थामा पनि क्रान्तिकारी, लोकतान्त्रिक र प्रगतिशिल भन्ने रोग सल्किएको छ,’ महासंघको ४९ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवश २०७१ को उद्घाटन कार्यक्रमा बोल्दै उनले भने, ‘जसले गर्दा व्यवसायिक मर्यादालाई नै विगारेको छ ।’

आगामी दिनमा देशको आर्थिक विकास र व्यवसायिक हितका लागि सवै व्यवसायीहरु एक भएर अघि बढ्नु पर्ने उनको भनाइ थियो । देशको अर्थतन्त्रको ३ चौथाइ हिस्सा निजी क्षेत्रले ओगटेको जानकारी दिँदै आगामी दिनमा निजी क्षेत्र शसक्त भएर अघि नबढेसम्म देश सम्बृद्ध हुन नसम्ने उनको भनाइ थियो ।

fncci-49-agm

पछिल्लो समय सरकारको व्यवहारबाट व्यवसायीहरु समस्यामा परेको बताउँदै आगामी दिनमा व्यवसायी मैत्री वातावरण बनाउन आग्रह गरेका छन् । आगामी दिनमा व्यवसायसँग सम्बन्धित नीति नियम बनाउँदा व्यवसायीलाई पनि साथमा लिए अघि बढ्नुपर्ने उनको भनाइ थियो । सरकारले स्पष्ट नीति नबनाएकै कारण व्यवसायीहरु मर्कामा परेको समेत उनले जानकारी दिए । ‘पछिल्लो सरकारले आफैल संचालन स्वीकृति दिएका उद्योगहरुलाई विभिन्न वाहनामा बन्दै गर्दै आएको छ,’ उनले भने, ‘जसको प्रत्यक्ष असर सिमेन्ट, प्लाष्टिक तथा रङ उद्योग माथि परेको छ ।

सरकार परिवर्तनसँगै आर्थिक नीति समेत बदल्ने परिपाटीले व्यवसायीलाई समस्या परेको बताउँदै आगामी दिनमा त्यस्ता कार्य अन्त्य गर्न आग्रह गरेका छन् । आर्थिक विकासका साझा एजेण्डा र सोही एजेण्डा अनुसारको पूँजी परिचालन गर्न निजी क्षेत्रलाई प्रोत्सहन गर्नुपर्ने उनको माग थियो ।

कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेवाङले हाल देखिएका समस्यालाई व्यवसायीले चिरेर अघि बढ्नु पर्ने बताए । हाल बजेट निर्माणको प्रक्रिया अघि बढाउन लागिए पनि अझै सम्म हिउँदे अधिवेशन नवसेको गुनासो गर्दै त्यस्ता काममा व्यवसायीले दवाव दिनुपर्ने उनको धारणा थियो । पछिल्लो समय सरकार चाँडै नै बजेट ल्याउने बताए पनि हालसम्म हिँउदे अधिवेशन नै नवसेका कारण झन ढिलाई हुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL