Logo

जनता आवास कार्यक्रम सरकारको प्राथमिकतामा :अर्थमन्त्री डा खतिवडा

जनता आवास कार्यक्रम सरकारको प्राथमिकतामा :अर्थमन्त्री डा खतिवडा



काठमाडौं, अर्थमन्त्री डा. युवराज खतिवडाले जनता आवास कार्यक्रमलाई उच्च सरकारले प्राथमिकतामा राखेको बताएका छन ।

बीहीबार अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि २०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा मन्त्री खतिवडाले जनता आवास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने र सुरक्षित आवास योजना अघि बढाउन गम्भीर भएर लागिरहेको बताएका हुन ।

उनले वास्तविक आवासविहिनको साथमा सरकारको साथ रहँदै आएको र अब पनि निरन्तर सहयोग हुने स्पष्ट पारेका हुन ।
कार्यदलले अर्थमन्त्री खतिवडालाई सुझाव पेश गदैं चालु आर्थिक वर्षको बजेटमा समावेश भएका जनता आवास कार्यक्रमलाई समयमै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेको हो । सुझाव हस्तान्तरण कार्यक्रमका प्रतिनिनिधिमण्डलको नेतृत्व गर्दै पूर्वमन्त्री तथा सभासद् जीतु गौतमले आवासविहिन दलित परिवारलाई आवासको व्यवस्था गर्दा रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत विषयमा ध्यान दिनुपर्ने बताए ।

कार्यदलले दलित, मुस्लिम, अति सिमान्तकृत परिवारको जनसंख्या तथा उनीहरुको आवश्यकता र प्राथमिकता एकिन गर्न विस्तृत अध्ययन अनुसन्धान गरि वास्तविक आवासविहिनलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL